कुमारी बैंकको झन्डै ८ हजार कित्ता सेयर बिक्रीमा, प्राथमिकता विद्यमान संस्थापकलाई

बिजमाण्डू
२०७९ माघ १५ गते ०९:५८ | Jan 29, 2023
कुमारी बैंकको झन्डै ८ हजार कित्ता सेयर बिक्रीमा,  प्राथमिकता विद्यमान संस्थापकलाई

काठमाडौं। कुमारी बैंकको संस्थापक समूहको सेयर बिक्रीमा आएको छ। बैंकले विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको ७ हजार ८८१  कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो। 

Tata
GBIME

सो सेयर बिक्रीका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीहरुलाई दिनुपर्ने भएकाले बैंकले प्रक्रिया अघि बढाएको छ। पहिलो चरणमा संस्थापक सेयरधनीलाई दर्खास्त दिन आह्वान गरेको छ। 

संस्थापक समूहको सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने जनाएको छ।

३५ दिनभित्र पनि संस्थापक सेयरधनीहरुबाट आवेदन नपरे बैंकले उक्त सेयर संस्थापक बाहेक खरिदकर्तालाई बिक्री गर्ने जनाएको छ।