ग्लोबल आइएमई बैंकद्वारा सीएसआरअन्तर्गत चितवनका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग



२०७९ माघ १३ गते १५:३०
ग्लोबल आइएमई बैंकद्वारा सीएसआरअन्तर्गत चितवनका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग


काठमाडौं। ग्लोबल आइएमई बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–१० स्थित चितवन माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

TATA
GBIME

श्रीपञ्चमीको अवसरमा आयोजित एक कार्यक्रमकबीच बैंकको वाग्मती प्रादेशिक कार्यालय उपप्रमुख विदुर ज्ञवालीले चितवन माध्यमिक विधालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीलाई दराज, कापी लगायतका विभिन्न शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेका छन्।

बैंकले उपलब्ध गराएका शैक्षिक सामग्रीहरु विद्यालयले विभिन्न कक्षामा अध्ययनरत गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई वितरण गरिएको छ।

बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता कार्यक्रमहरुको आयोजना गरी नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ।

कार्यक्रममा बैंकका शहिदचोक शाखा प्रमुख लक्ष्मण पौडेल, सञ्चालन अधिकृत हेमबहादुर गुरुङ लगायत बैंकका कर्मचारी, शिक्षक तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति थियो।


Sunrise Bank