बेलायतमा नयाँ सवारीसाधनको उत्पादन ६६ वर्ष यताकै न्यून, किन घट्यो यसरी उत्पादन ?

बिजमाण्डू
२०७९ माघ १२ गते १४:११ | Jan 26, 2023
बेलायतमा नयाँ सवारीसाधनको उत्पादन ६६ वर्ष यताकै न्यून, किन घट्यो यसरी उत्पादन ?

काठमाडौं। बेलायतमा नयाँ सवारीसाधनको उत्पादन ६६ वर्ष यताकै न्यूनमा झरेको छ। उद्योग निकाय सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एन्ड ट्रेडर्स (एसएमएमटी)ले बेलायतमा निर्माण हुने नयाँ सवारीहरूको संख्या सन् १९५६ यताकै न्यून दरमा झरेको बताएको छ।

Tata
GBIME
Nepal Life

यो अघिल्लो वर्षको तुलनामा भने १० प्रतिशत गिरावट हो। सेमी कन्डक्टर चिप्सको निरन्तर विश्वव्यापी अभावले उत्पादन लाइनमा असर गरेको उद्योग निकाय (एसएमएमटी)को तथ्यांक जनाएको हो।

एसएमएमटीले जुलाई २०२१ मा स्वीडेनमा होन्डाको कारखाना बन्द भएपछि र अप्रिल २०२२ देखि एलेस्मेरे पोर्टमा भक्सहल एस्ट्रास बन्द भएकाले सवारी उत्पादनमा असर गरेको बताएको छ।

हावेसका अनुसार एसएमएमटीको तथ्यांकले बेलायतको कार निर्माणका लागि २०२२ कति कठिन थियो भनेर देखाएको छ। तर बेलायतले अझै पनि पहिलेभन्दा धेरै विद्युतीय सवारीसाधनहरू बनाइरहेको छ। अब बेलायतले पनि विद्युतीय सवारी उत्पादन बढाएर आर्थिक वृद्धि गर्न सक्ने उनले बताए।

बेलायत ब्याट्री उत्पादनको द्रुत वृद्धि र बेलायत अटोमोटिभ क्षेत्रको आधारभूत शक्तिहरूमा आधारित विद्युतीय सवारी साधनहरूमा परिवर्तन गर्ने रणनीतिलाई आकार दिन खोजिरहेको छ। यसले अहिलेको माग अनुसार उत्पादन गर्न मद्दत गर्ने एसएमएमटीको भनाइ छ।

गत वर्ष पनि देशभर विद्युतीय कारको उत्पादनले कीर्तिमान गरेको थियो। एसएमएमटीका अनुसार यी कारहरुको निर्यातले मात्र बेलायतमा १० अर्ब युरोको व्यवसाय गरेको थियो।

तर गत वर्ष निर्यातको आकार २०२१ को तुलनामा १४ प्रतिशतले घटेको थियो। गत हप्ता ब्याट्री स्टार्ट-अप ब्रिटिस भोल्टको पतनले बेलायतको कार उत्पादनलाई थप पछाडि पारेको थियो।

कम्पनीले ब्लिथ नर्थम्बरल्याण्डमा इलेक्ट्रिक कार ब्याट्रीहरू बनाउन विशाल कारखाना निर्माण गर्ने योजना बनाएको थियो तर यसले नाफा कमाउन संघर्ष गर्दा लगानी समेत गुमेको छ।

ब्लिथले ३.८ अर्ब पाउण्ड लगानीमा कारखाना निर्माणको तयारी गरेको थियो। कम्पनीले इलेक्ट्रिक सवारीको लागि आवश्यक ब्याट्रीहरुको निर्माण गर्ने योजना बनाएको थियो। कम्पनीले ३ हजार कामदारलाई रोजगारी समेत दिने एक दीर्घकालीन योजना अघि सारेको थियो। तर त्यो सफल हुन सकेन।

बेलायतसँग हाल सन्डरल्याण्ड निसान कारखानाको छेउमा एउटा चिनियाँ स्वामित्वको ब्याट्री प्लान्ट छ। जसमा इयुमा ३५ वटा प्लान्टहरू योजनाबद्ध रुपमा निर्माणाधिन छन्।

एक सरकारी प्रवक्ताले भने, ‘हामी अटोमोटिभ उत्पादनका लागि बेलायत विश्वको उत्कृष्ट स्थानहरू मध्ये एक होस् भन्ने सुनिश्चित गर्न कटिबद्ध छौं।’ सन्डरल्याण्डमा २०२१ मा गरिएको १ अर्ब युरोको लगानीबाट प्रमाणित हुने ती प्रवक्ताले बताए। ‘हामी हाम्रो आपूर्ति श्रृंखलालाई विद्युतीकरण गर्न र रोजगारी सिर्जना गर्न एउटा ठूलो लगानी कार्यक्रम मार्फत यसको निर्माण गरिरहेका छौं,’ उनले भने।

तर बेलायतले उत्पादनमूलक लगानीको गन्तव्यका रूपमा देशलाई प्रतिस्पर्धी बनाउने रणनीति अहिलेसम्म नपाएकोमा कार निर्माताहरू चिन्तित छन्। बेलायत सरकारले कार उत्पादनको लागि विश्वव्यापी रुपमा देश शीर्ष स्थानमा रहिरहने सुनिश्चित गर्न संकल्प गरिरहेको बताएको छ।

यस्तै कार निर्माताहरूले २०२५ मा १० लाख नयाँ गाडीहरू उत्पादन गर्ने योजनामा रहेको बताएका छन्। तर कोरोना महामारी अघिको स्थितिमा पुग्न ठूलो लगानी र नयाँ निर्माताहरू बेलायत आउन आवश्यक छ।

बेलायत अमेरिका र इयु भन्दा पछाडि परेको अटो निर्माता कम्पनीहरू चिन्तित छन्। यसमा राज्यले प्रदान गर्ने सहुलियतमा निर्भर रहेको अटो निर्माताको भनाइ छ।

यस्तै अमेरिकी कानूनले मुद्रास्फीति न्यूनीकरण ऐनले अमेरिकामा इलेक्ट्रिक सवारी आपूर्ति श्रृंखलाहरू सिर्जना गर्ने कार निर्माताहरूलाई अर्बौं सहुलियत प्रदान गर्छ। एसएमएमटीका प्रमुख कार्यकारी माइक हावेसले सरकारले प्रदान गर्ने ती सहुलियतहरुले धेरै अन्तर्राष्ट्रिय लगानी भित्र्याउन मद्दत गर्ने बताए।