निजी क्षेत्रले अनियमितताको प्रयास नगर्नुस्, गलत कामलाई भेट्नै नआउनुस्: अर्थमन्त्री पौडेल



२०७९ माघ १२ गते १०:४४
निजी क्षेत्रले अनियमितताको प्रयास नगर्नुस्, गलत कामलाई भेट्नै नआउनुस्: अर्थमन्त्री पौडेल


काठमाडौं। निजी क्षेत्रलाई अनियमितताको प्रयास नगर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुझाएका छन्। मन्त्री पौडेलले गरिब मुलुकमा निजी क्षेत्रले अनियमितता गर्नु नहुने बताएका हुन्।

Tata
GBIME

७१औं भन्सार दिवसको अवसरमा बोल्दै मन्त्री पौडेलले निजी क्षेत्रलाई हतोत्साहित हुनेगरी काम नगर्न चेतावनी समेत दिए।
‘राजस्वको अवस्था निकै नाजुक छ। आजैका दिनबाट राजस्वमा सुधार हुनेगरी काम गर्न अनुरोध गर्छु। निजी क्षेत्रलाई दु:ख दिने काम नगर्नुस्,’ मन्त्री पौडेलले भने।

कुनै पनि स्थानका भन्सारका कर्मचारीले दु:ख दिए आफूलाई जानकारी दिन पनि उनले आग्रह गरे।

‘निजी क्षेत्रका साथीहरुले गलत काम लिएर मन्त्रीलाई भेट्न नआउन म आग्रह गर्छु,’ मन्त्री पौडेलले भने, ‘राम्रा गर्ने कर्मचारीलाई संरक्षण गर्ने र नराम्रो गर्ने कर्मचारीलाई कारबाही गर्न तयार छु।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले राजनीति नेतृत्व परिवर्तन हुने बित्तिकै भन्सारमा कर्मचारी फेर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए।

‘भन्सारका महानिर्देशक प्रशिक्षणका लागि विदेश जान्छन्। फर्कदा सरुवा भइसकेको हुन्छ,’ उपाध्यक्ष श्रेष्ठले उदाहरण प्रस्तुत गर्दै भने।


Sunrise Bank