सशर्त रुपमा क्रसर सञ्चालन गर्न दिने मन्त्रिपरिषदको निर्णय, गृह मन्त्रालयको परिपत्र उल्टियो



२०७९ माघ ११ गते २१:२१
सशर्त रुपमा क्रसर सञ्चालन गर्न दिने मन्त्रिपरिषदको निर्णय, गृह मन्त्रालयको परिपत्र उल्टियो


काठमाडौं। सरकारले बन्द क्रसर उद्योगहरु असार मसान्तसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ। गृह मन्त्रालयको निर्देशनमा यसअघि बन्द गर्न भनिएका उद्योगलाई असार मसान्तसम्म चल्न दिने निर्णय गरेको हो। 

Tata
GBIME

गृह मन्त्रालयले पुस तेस्रो साता स्थानीय प्रशासनलाई परिपत्र गर्दै अवैध रुपमा सञ्चालित क्रसर बन्दको निर्देशन दिएको थियो। मन्त्रालयस्तरको निर्देशन मन्त्रिपरिषदले उल्ट्याएको हो। 

कर नतिरी चलिरहेका क्रसरलाई असार मसान्तसम्म कर तिर्ने व्यवस्था गरी सञ्चालनको अनुमति सरकारले दिएको हो। 

मन्त्रिपरिषदले अनुमति बिना सञ्चालन भएका सबै उद्योगलाई भने बन्द नै गर्ने निर्णय गरेको छ। यस्तै, आयोजना विशेषका लागि खुलेका तर आयोजना सम्पन्नपश्चात पनि चलिरहेका उद्योग बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ। 

चलिरहेका अन्य क्रसरको हकमा मापदण्ड पूरा गर्न असार मसान्तसम्मको समय दिइएको छ। कर तिर्ने अवधि पनि असार मसान्तसम्मलाई तोकिएको छ। 


Sunrise Bank