आइएमई समूहको आइएमई पेको मोबाइल एप ४० लाख पटक डाउनलोड भयो



२०७९ माघ ११ गते १७:१४
आइएमई समूहको आइएमई पेको मोबाइल एप ४० लाख पटक डाउनलोड भयो


काठमाडौं। आइएमई समूहको आइएमई डिजिटल सोलुसन लिमिटेडले संचालन गरिरहेको आइएमई पेको एप डाउनलोड संख्या ४० लाख पुगेको छ।

TATA
GBIME

एप डाउनलोड संख्या ४० लाख पुगेको अवसरमा कम्पनीले चन्द्रागिरिस्थित २५५१ मिटरको उचाईमा केक काटेर खुसीयाली साटासाट गरेको छ। आइएमई ग्रुपमा कार्यरत कर्मचारीको उपस्थितिमा आयोजित पिकनिक कार्यक्रमसँगै सो उत्सव पनि मनाइएको थियो।

ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले उक्त अवसरमा सहकर्मीबीच खुसी आदानप्रदान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै सिनियर भाइस प्रेसिडेन्ट पोखरेलले डिजिटल पेमेन्टका क्षेत्रमा रहेका अवसरहरूको विषयमा चर्चा गरेका थिए।


Sunrise Bank