बीमा प्राधिकरणको निर्देशनपछि लुम्बिनी जनरलको लाभांश संशोधन, सेयरधनीले अब ६.९९ प्रतिशत पाउने

बिजमाण्डू
२०७९ माघ ११ गते ११:३३ | Jan 25, 2023
बीमा प्राधिकरणको निर्देशनपछि लुम्बिनी जनरलको लाभांश संशोधन, सेयरधनीले अब ६.९९ प्रतिशत पाउने


काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको लाभांश संशोधन भएको छ। कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्तावित लाभांश दरमा नेपाल बीमा प्राधिकरणले संशोधनको निर्देशन दिएको थियो।

Tata
GBIME
Nepal Life

कम्पनी सञ्चालक समितिको मंगलबार भएको बैठकले लाभांशमा संशोधन गरी चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनको लागि ०.३६७९ प्रतिशत नगद लाभांश गरी कुल ६.९९ प्रतिशत वितरण गर्ने निर्णय गरेको छ।

यसअघि कम्पनीले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

पछिल्लो पटक संशोधित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुने कम्पनीले जनाएको छ।