सनराइज फोकस्ड इक्विटीको बिक्री खुला, १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने



२०७९ माघ १० गते ०९:४६
सनराइज फोकस्ड इक्विटीको बिक्री खुला, १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने


काठमाडौं। सनराइज म्युचुअल फण्ड अन्तर्गतको सनराइज फोकस्ड इक्विटी फण्डले आजबाट इकाई बिक्री खुलाएको छ। फण्डका अनुसार कुल १० करोड २० लाख इकाई सर्वसाधारणमा बिक्री गरिने छ।

TATA
GBIME

प्रति इकाईको मूल्य १० रुपैयाँ छ। इकाई बिक्री छिटोमा माघ १३ गते बन्द हुनेछ। सो अवधिमा पर्याप्त आवेदन नपरे माघ २४ गतेसम्म आवेदन मिति लम्बिने जनाएको छ।

न्यूनतम १०० इकाइका लागि आवेदन पेस गर्नुपर्नेछ। अधिकतम १ करोड २० लाख इकाइसम्म आवेदन दिन सकिनेछ।

सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित यो १० वर्षे बन्दमुखी योजना हो। योजनाले कुल १२ करोड इकाइ जारी गर्दैछ।

कुल इकाइमध्ये १ करोड ८० लाख इकाई कोष प्रवर्द्धक सनराइज बैंकका लागि छुट्याएको हो। बाँकी १० करोड २० लाख इकाइ सर्वसाधारणमा बिक्री हुँदैछ।


Sunrise Bank