आइएमई जनरल इन्स्योरेन्सको २५ औं वार्षिक साधारणसभा, ६ प्रतिशत बोनस सेयर दिने



२०७९ माघ ९ गते १७:३६
आइएमई जनरल इन्स्योरेन्सको २५ औं वार्षिक साधारणसभा, ६ प्रतिशत बोनस सेयर दिने


काठमाडौं। आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ औं बार्षिक साधारण सम्पन्न भएको छ।

TATA
GBIME

साधारणसभामा कम्पनीको संचालक समितिले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५३ लाख ७३ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव अनुमोदन गरेको छ।

साधारणसभामा कम्पनीका अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराएका थिए।

अध्यक्ष ढकालले समीक्षा बर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनीतिक अवस्था र त्यसको कारणबाट समग्र बीमा क्षेत्रमा परेको प्रभावको बारेमा आफ्नो धारणा राखेका थिए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले आगामी दिनमा डिजिटलाइजेसनको माध्यमबाट बीमाको पहुँचलाई गुणस्तरीय रुपमा विस्तार गर्ने लक्ष्य राखेको बताए।

कम्पनीले ७ वटै प्रदेश र अनलाइनको मध्यमबाट बीमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गर्ने र आइजीआई हेल्थ प्लस बीमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बीमामा उल्लेख्य सेवा प्रदान गर्ने जनाएको छ।

कम्पनीले गत वर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा प्रिमियम संकलनमा वृद्धि हासिल गरेको जानकारी समेत दिएको छ ।  


Sunrise Bank