कालिका लघुवित्तले प्रस्ताव गर्‍यो पछिल्लो चार आव यताकै सर्वाधिक लाभांश, १९% बोनस सेयर



२०७९ माघ ९ गते ११:१७
कालिका लघुवित्तले प्रस्ताव गर्‍यो पछिल्लो चार आव यताकै सर्वाधिक लाभांश, १९% बोनस सेयर


काठमाडौं। कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो।

TATA
GBIME

अघिल्लो आव २०७७/७८ मा लघुवित्तले लगानीकर्तालाई कुल १३ प्रतिशत बोनस सेयर मात्र वितरण गरेको थियो।

लघुवित्तको माघ ६ गते बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो। हाल लघुवित्तको चुक्ता पुँजी ३१ करोड २८ लाख रहेको छ। लघुवित्तले यसको १९ प्रतिशतले हुन आउने ५ करोड ९४ लाख बराबरको बोनस सेयर वितरण गर्ने भएको हो।

यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि लघुवित्तले ३१ लाख २८ हजार बराबरको नगद लाभांश वितरण गर्ने भएको छ। जुन चुक्ता पुँजीको १ प्रतिशत हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्तालाई वितरण गरिन्छ।

लघुवित्तले गत आवको नाफाबाट वितरण गर्न लागेको लाभांश पछिल्लो चार आर्थिक वर्ष यताकै सर्वाधिक हो।


Sunrise Bank