स्कुटरको डिकीमा साढे २२ लाख रुपैयाँ भेटियो, स्रोत खुलाउन नसकेपछि प्रहरी हिरासतमा



२०७९ माघ ४ गते १३:३१
स्कुटरको डिकीमा साढे २२ लाख रुपैयाँ भेटियो, स्रोत खुलाउन नसकेपछि प्रहरी हिरासतमा


काठमाडौं। स्रोत नखुलेको रकमसहित प्रहरीले वीरगंजबाट दुई जनालाई पक्राउ गरेको छ।

Tata
GBIME

वीरगंज महानगरपालिका ८ घण्टाघरबाट स्रोत नखुलेको नगद २२ लाख ५० हजार रुपैयाँसहित २ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-१६ नगवा बस्ने ३४ वर्षका विकास साह र सोही महानगरपालिका-१८ ईनर्वा मनियारी टोल बस्ने १७ वर्षका किशोर रहेका छन्।

वडा प्रहरी कार्यालय विर्ता र अस्थाई प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले बीआर ०५ एई ९३४३ नम्बरको स्कटुरलाई जाँच गर्ने क्रममा उक्त नगद फेला परेको हो। स्कुटर चालक विकास र स्कुटरमा सवार किशोरलाई पक्राउ गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


Sunrise Bank