बुद्धले काठमाडौं-तुम्लिङटारमा एटीआर-७२ले उडान गर्ने, भाडा ५५ सयबाट सुरु

बिजमाण्डू
२०७९ पुष ३० गते १०:१२ | Jan 14, 2023
बुद्धले काठमाडौं-तुम्लिङटारमा एटीआर-७२ले उडान गर्ने, भाडा ५५ सयबाट सुरु

काठमाडौं। बुद्ध एयरले माघ ६ गतेबाट काठमडौं-तुम्लिङटार एटीआर-७२ सिरिजको जहाजमार्फत उडान गर्ने भएको छ। हाल एटीआर-४२ सिरिजको जहाजमार्फत उडान गरिरहेको छ।

Tata
GBIME
Nepal Life

नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति पाएसँगै एटीआर-७२ बाट उडान गर्न लागेको हो।

ठूलो जहाजमार्फत सेवा सुरु भएसँगै भाडादर सस्तिने कम्पनीका सुचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए। अधिकतम एकतर्फी भाडादर सात हजार छ सय ९५ रुपैयाँ रहेकोमा अब सुरुवाती भाडादर ५५ सय रुपैयाँ पर्ने उनको दाबी छ।

साताको सातवटा उडान गर्दै आएको कम्पनीले एटीआर-७२ मार्फत प्रत्येक उडानमा सुरुमा ६५ जना यात्रुलाई सेवा दिने उनले बताए।   

गत वर्ष जेठमा कम्पनीले एटीआर-७२ मार्फत परिक्षण उडान गरेको थियो।