अर्काको नाममा लाइसेन्सको ट्रायल दिने पक्राउ, ट्रायल सेन्टरमा विशेष कडाइ गरिँदै

बिजमाण्डू
२०७९ पुष २९ गते ११:४६ | Jan 13, 2023
अर्काको नाममा लाइसेन्सको ट्रायल दिने पक्राउ, ट्रायल सेन्टरमा विशेष कडाइ गरिँदै

काठमाडौं। अर्काको नाममा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एक जना पक्राउ परेका छन्।

Tata
GBIME
Nepal Life

ट्राफिक प्रहरी वृत्त कमलपोखरीबाट प्रहरी निरीक्षक सागर घलेको कमाण्डमा खटिएको टोलीले बिहीबार काठमाडौंको दक्षिणढोकास्थित नेपाल ड्राइभिङ ट्रायल सेन्टरबाट महेश शाहीलाई पक्राउ गरेको हो।

काठमाडौंको मण्डिखाटार बस्दै आएका हुम्लाका २२ वर्षीय शाही हुम्लाकै २४ वर्षीय पवनकुमार शाहीको नाममा दुई पाङ्ग्रे सवारी साधनको ट्रायल दिँदै गरेको अवस्थामा पक्राउ परेका हुन्। पक्राउ परेका उनलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ।

अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तिलाई रोक्न विशेष कडाइ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए। उनका अनुसार अर्कै व्यक्तिले परीक्षा दिएर लाइसेन्स निकाल्दा दक्ष चालकको अभावमा दुर्घटना बढ्ने भन्दै ट्रायल सेन्टरहरूमा थप निगरानी बढाइएको हो।