
नयाँ दिल्ली। भारतको ग्रेटर नोयडामा भइरहेको अटो एक्स्पोमा टाटाले एक दर्जनभन्दा धेरै नयाँ मोडलका गाडीहरु सार्वजनिक गरेको छ।
भारतमा चलिरहेको अटो एक्सपो २०२३ मा टाटा मोटर्सले ल्याएका टाटा कर्भ एसयूभी इभी, अभिन्या सियारा इभीमा आकर्षण देखिएको छ। टाटाका यी मोडलका गाडीहरुको स्टलमा धाउने मानिसको चाप धेरै रहेको छ।
३ वर्षपछि मंगलबार भारतको ग्रेटर नोयडामा सुरु भएको अटो एक्स्पो २०२३ मा उत्पादनको नजिक रहेका टाटाको नयाँ मोडलका गाडीहरुको प्रदर्शन गरिएको हो।

यसमा ह्यारियर, टियागो इभी, सफारी र ह्यरियरको डार्क एडिसन, अल्ट्रोच, पन्च सिएनजी लगायतका नयाँ भेरियन्टका गाडीहरु एक्स्पोमा राखिएका छन्।
कम्पनीका अनुसार कर्भ एसयुभी अवधारणा अर्को वर्ष बिक्रीमा जानेछ। कम्पनीले पहिले इभी पावरट्रेनको साथ कर्भको कुप अवधारणा देखाएको हो। तर अटो एक्सपोमा प्रदर्शन गरिएको यो मोडल टर्बो-पेट्रोल पावरट्रेनको साथ पनि आउने अपेक्षा गरिएको छ।
यस्ता छन् टाटाले अटो एक्स्पोमा राखेको नयाँ गाडी:



