नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु, कुल पुँजी ५८ अर्ब नाघ्यो

बिजमाण्डू
२०७९ पुष २७ गते १०:२७ | Jan 11, 2023
नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु, कुल पुँजी ५८ अर्ब नाघ्यो

काठमाडौं। मर्जरमा गएका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन्। मर्जरपछि स्थापित बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक भएको छ। 

Tata
GBIME
Nepal Life

बुधबार ११ बजे एकीकृत कारोबारको औपचारिक समारोह हुँदैछ। नेपाल इन्भेष्टमेन्ट बैंकले मेगालाई ९० रुपैयाँ प्रति १०० कित्ताका दरले गाभेको हो। अध्यक्षमा इन्भेष्टमेन्टका पृथ्वीबहादुर पाँडे हुन्। प्रमुख कार्यकारी ज्योतिप्रकाश पाण्डे हुने तय भइसकेको छ। प्रणाली पनि इन्भेष्टमेन्ट बैंककै प्रयोग हुँदैछ।

मर्जरपछि बैंकको कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँ नाघेको छ। बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। यस्तै कुल पुँजी ५८ अर्ब रुपैयाँ माथि छ। ग्राहक संख्या ३० लाख पुगेको छ।

बैंकको संयुक्त निक्षेप ३ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ। कुल कर्जा ३ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ। यस्तै शाखा सञ्जाल २९६ वटा पुगेका छन्। एक्सटेन्सन काउन्टर ५९ वटा हुँदैछन्। अब बैंकको एटीएम संख्या २७९ पुगेको छ।