
काठमाडौं। हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) को स्वतन्त्र संचालकमा माधव कोइराला नियुक्त भएका छन्।
मेघबहादुर विश्वकर्माको कार्यकाल सकिएपछि कोइरालालाई स्वतन्त्र संचालकको जिम्मेवारी दिइएको हो। उनको कार्यकाल ११ औं वार्षिक साधरणसभासम्म थियो। कम्पनीले मंगलबार साधरणसभा सम्पन्न गरेसँगै कार्यकाल सकिएको हो। माघ १ गते काम गर्न पाउने गरी कोइरालालाई स्वतन्त्र संचालकको जिम्मेवारी दिइएको हो।
कोइराला नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकबाट रिटार्यड कर्मचारी समेत हुन्। रिटार्यड हुनुअघि उनी एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडमा कार्यरत थिए।
एचआइडीसीएलको बोर्डमा ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरे अध्यक्ष छन्। अर्थमन्त्रालयका सहसचिव भुपाल बराल, कानुन मन्त्रालयको सहसचिव निर्मला अधिकारी भट्टराई, कर्मचारी संचय कोषका प्रशासक जितेन्द्र धिताल, सुधीर ज्ञवाली संचालक रहेका छन्।