प्रचण्डलाई विश्वासको मत हाल्ने कांग्रेसको निर्णय, सदनमा भने प्रतिपक्षमा बस्ने



२०७९ पुष २६ गते १२:५६
प्रचण्डलाई विश्वासको मत हाल्ने कांग्रेसको निर्णय, सदनमा भने प्रतिपक्षमा बस्ने


काठमाडौं। कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिने निर्णय गरेको छ। संघीय संसद भवनमा बसेको बैठकले प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको एक नेताले बताए।

TATA
GBIME

कांग्रेसको संस्थापन पक्ष  प्रचण्डलाई विश्वासको मत दिने पक्षमा उभिँदा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले फरक मत राखेका छन्।

यस्तै, बलबहादुर केसी र अर्जुननरसिंह केसीले पनि प्रचण्डलाई विश्वासको मत दिनेमा फरक मत राखेका थिए।


Sunrise Bank