हवाई इन्धनमा भारी मूल्य कटौती, आन्तरिकमा २० र अन्तर्राष्ट्रियमा लिटरको ३० रुपैयाँ घट्यो

बिजमाण्डू
२०७९ पुष २४ गते १९:४४ | Jan 8, 2023
हवाई इन्धनमा भारी मूल्य कटौती, आन्तरिकमा २० र अन्तर्राष्ट्रियमा लिटरको ३० रुपैयाँ घट्यो

काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धनमा भारी मूल्य घटाएको छ। चर्को नाफा राखेको आलोचना भएपछि निगमले आन्तरिकतर्फ लिटरमा २० र अन्तर्राष्ट्रियतर्फ लिटरमा ३० रुपैयाँ मूल्य घटाएको छ।

Tata
GBIME
Nepal Life

निगमलाई आन्तरिकमा ५० र अन्तर्राष्ट्रियमा लिटरमा ९० रुपैयाँ भन्दा बढी नाफा थियो। निगमले ठूलो नाफा राखेर कालोबजारी गरेको भन्दै उजुरी परेपछि भारी मूल्य कटौती भएको हो।

निगमका कार्यकारी निर्देशक उमेश थानीले हवाई इन्धनमा भारी मूल्य कटौती गरिएको जानकारी दिए। निगमले पेट्रोल, डिजल र मट्टितेलमा समेत लिटरमा ३/३ रुपैयाँ मूल्य घटाएको छ। प्रधानमन्त्री प्रचण्डले विहीबार पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए। सोही निर्देशन अनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गएपछि निगमको नाफा दुई अर्ब भन्दा माथि छ। तर विगतमा भएको नोक्सानी घटाउन निगमले मूल्य नघटाइ बसेको थियो। निगमले इन्डियन आयल कर्पोरेशनलाई १६ अर्ब रुपैयाँ भन्दा बढी तिर्न बाँकी छ।