ग्लोबल छाडेर मेगा बैंक जाँदै महेश ढकाल, मर्जरपछि वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत



२०७९ पुष २१ गते ०९:०४
ग्लोबल छाडेर मेगा बैंक जाँदै महेश ढकाल, मर्जरपछि वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत


काठमाडौं। ग्लोबल आइएमइ बैंकको बरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृतबाट महेश ढकालले राजीनामा गरेका छन्। उनले मेगा बैंक जाने भएपछि ग्लोबल आइएमइ छाडेका हुन्। उनले आइतबारदेखि मेगा बैंकमा काम थाल्ने छन्।

Tata
GBIME

कामु प्रमुख कार्यकारी अधिकृत रहेकी रविना देशराज श्रेष्ठले राजीनामा गरेपछि मेगाको नेतृत्व वरिष्ठ नायब महाप्रबन्धक तुलसीराम पोखरेलले गरिरहेका छन्।

मेगा बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग गाभिदैछ। गाभिएपछि बन्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुने छन्।

ग्लोबल आइएमइ बैंकले बैंक अफ काठमाण्डू गाभ्दैछ। बिओकेमा प्रमुख कार्यकारीका रुपमा श्रवणकुमार मास्के छन्। मर्जपछि मास्के बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुने छन्। ढकाल स्वत: तेस्रो बरियतामा झर्ने थिए।

त्यसअघि नै ढकालले ग्लोबल आइएमइ बैंक छाड्ने निर्णय गरेका हुन्। ग्लोबलमा प्रमुख कार्यकारी अधिकृत नहुँदा करिव एक बर्ष उनले कामु प्रमुख कार्यकारी भएर समेत चलाएका थिए।

ढकाल ग्लोबल आइएमइ बैंक जानुअघि मेगा बैंकमा नै थिए। उनी मेगासँग गाभिएको टुरिज्जम डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत थिए। ढकालले नेपाल बैंकमा लामो समय काम गरेका छन्। 

ढकाल चार्टर्ड एकाउन्टेन्टसमेत हुन्। पृथ्वी नारायण क्याम्पस पोखरामा अध्ययन गरेका उनले चार्टर्ड एकाउन्टेन्ट भारतबाट गरेका हुन्।