आयात फुकुवासँगै आइफोन १४ का विभिन्न मोडल नेपाल भित्रिँदै, सस्तो मोडल नै १ लाख ९५ हजार

बिजमाण्डू
२०७९ पुष १३ गते १०:०३ | Dec 28, 2022
आयात फुकुवासँगै आइफोन १४ का विभिन्न मोडल नेपाल भित्रिँदै, सस्तो मोडल नै १ लाख ९५ हजार

काठमाडौं। सरकारले ३ सय अमेरिकी डलरभन्दा माथिका स्मार्टफोन आयातमा पुसदेखि प्रतिबन्ध हटाएसँगै आइफोन-१४ का विभिन्न मोडल छिट्टै आउने भएका छन्। 

Tata
GBIME
NLIC

नेपालमा एप्पलका उत्पादन बिक्री गर्ने ओलिज स्टोरले आइफोन १४ का विभिन्न मोडलहरुको मूल्य सार्वजनिक गरेको छ। ओलिज स्टोरले आइफोन १४ प्रो १ टीबीको मूल्य २ लाख ९९ हजार ९९० रुपैयँ तोकेको छ।

१४ प्रो ५१२ जीबीको २ लाख ५४ हजार ९९० रुपैयाँ, १४ प्रो २५६ जीबीको २ लाख १४ हजार ९९० रुपैयाँ, १४ प्रो १२८ जीबीको १ लाख ९४ हजार ९९० रुपैयाँ तोकेको छ। ओलिज स्टोरले आइफोन १४ का सबै मोडलहरुको प्रि-अर्डर लिन पनि सुरु गरेको छ।

यस्तै, ओलिज स्टोरले आइफोन १४ प्रो म्याक्स १ टीबीको ३ लाख १४ हजार ९९० रुपैयाँ, १४ प्रो म्याक्स ५१२ जीबीको २ लाख ७४ हजार ९९० रुपैयाँ, १४ प्रो म्याक्स २५६ जीबीको २ लाख ३४ हजार ९९० रुपैयाँ र १४ प्रो म्याक्स १२८ जीबीको २ लाख १४ हजार ९९० रुपैयाँ तोकेको छ। 

एप्पलले गत भदौ २३ गते नयाँ आइफोन, एयरपड र एप्पल वाच सार्वजनिक गरेको थियो। तर सरकारी प्रतिबन्धका कारण नयाँ आइफोन नेपाल कहिले भित्रिन्छ भन्ने अनिश्चित थियो। 

सम्बन्धित समाचार

एप्पलको आइफोन १४ का मोडलहरु सार्वजनिक, मूल्य ७९९ डलरदेखि, एयरपड्सदेखि स्मार्टवाचसम्म