स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधानसहित गृह मन्त्रालय लिएर सरकारमा जाँदै, आजै शपथ लिने

बिजमाण्डू
२०७९ पुष ११ गते १५:४५ | Dec 26, 2022
स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधानसहित गृह मन्त्रालय लिएर सरकारमा जाँदै, आजै शपथ लिने


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान सहित गृहमन्त्रालय लिएर सरकारमा जाने भएका छन्।

Tata
GBIME

सभापति लामिछानेले उपप्रधानसहित गृहमन्त्रालय दाबी गरेका थिए। लामिछानेको माग अनुसार नै मन्त्रालय दिएर सरकारमा लगिएको हो।

पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो ४ बजे राष्ट्रपति निवासमा प्रधानमन्त्रीको शपथ लिँदैछन्।

त्यस्तै दाहाल नेतृत्वको सरकारमा अन्य मन्त्रीहरूले पनि शपथ लिने कार्यक्रम रहेको छ। माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको छ।