प्रचण्ड तेस्रो पटक बने प्रधानमन्त्री, सोमबार दिउँसो सपथग्रहण गर्ने, १६९ सांसदको समर्थन

बिजमाण्डू
२०७९ पुष १० गते १८:४१ | Dec 25, 2022
प्रचण्ड तेस्रो पटक बने प्रधानमन्त्री, सोमबार दिउँसो सपथग्रहण गर्ने, १६९ सांसदको समर्थन


काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) तेस्रो पटक प्रधानमन्त्री बनेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

Tata
GBIME

नेपाली कांग्रेससँग गठबन्धन तोडेर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी, स्वतन्त्र सांसद अमरेश सिंह, किरणकुमार साह र प्रभु साहसहितको दाबी राष्ट्रपति समक्ष प्रचण्डले पेश गरेका थिए।

प्रचण्डले १६९ सांसदसहित प्रधानमन्त्रीको दाबी गरेका थिए। राष्ट्रपति कार्यालयका अनुसार सोमबार दिउँसो प्रचण्डले सपथ ग्रहण गर्ने कार्यक्रम छ।