गठबन्धन बैठक छोडेर हिँडेका प्रचण्ड बालकोट पुगेनन्, एमाले-माओवादीका दोस्रो तहका नेता छलफलमा

बिजमाण्डू
२०७९ पुष १० गते १३:५७ | Dec 25, 2022
गठबन्धन बैठक छोडेर हिँडेका प्रचण्ड बालकोट पुगेनन्, एमाले-माओवादीका दोस्रो तहका नेता छलफलमा


काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन्। बालुवाटारमा भएको गठबन्धन बैठक छोडेर गएका प्रचण्डलाई देउवाले फोन गरेका हुन्।

Tata
GBIME

देउवाले फोन गरेर फेरि छलफल गर्न भनेपछि प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट जान रोकिएका छन्। ओलीको सचिवालका एक सदस्यका अनुसार अहिलेसम्म प्रचण्ड बालकोट पुगेका छैनन्।

'उहाँ आइरहनुभएको थियो। तर आइपुग्नु भएन,' उनले भने।

बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन देउवा तयार नभएपछि प्रचण्डले बैठक छाडेर निस्किएका थिए।

एमाले र मा‌ओवादी केन्द्रका दोस्रो तहका नेताबीच भने अहिले छलफल भइरहेको छ। एमालेका उपाध्यक्ष विष्णु पौडेल र माओवादी केन्द्रका देव गुरुङ लगयताका नेता छलफलमा सहभागी छन्।