
काठमाडौं। पोखरा फाइनान्सले लाभांश पारित गर्न साधारण सभा डाकेको छ। सभा पुस ३० गते पोखरामा गरिने भएको छ।
सभाले सञ्चालक समितिको निर्वाचन पनि गर्दैछ। गत आर्थिक वर्षका लागि फाइनान्सले ४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव बारे सभाले छलफल गर्नेछ।
कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर हो। बाँकी कर प्रयोजनका लागि नगद दिँदैछ। अहिले पोखरा फाइनान्सको चुक्ता पुँजी एक अर्ब ४ करोड रुपैयाँ छ।
उपयुक्त कम्पनी भेटिएको अवस्थामा मर्जर सम्बन्धि कार्य गर्न सभाले सञ्चालक समितिलाई अधिकार दिँदैछ। लाभांश र साधारणसभा प्रयोजनका लागि पुस १९ देखि ३० गतेसम्म बुक क्लोज गर्ने जनाएको छ।