सुर्खेतमा आइएफआर जडान गर्न संघ र प्रदेश सरकारलाई बुद्धको आग्रह, राति पनि उडान गर्न मिल्ने

बिजमाण्डू
२०७९ पुष ४ गते १४:५४ | Dec 19, 2022
सुर्खेतमा आइएफआर जडान गर्न संघ र प्रदेश सरकारलाई बुद्धको आग्रह, राति पनि उडान गर्न मिल्ने


काठमाडौं। निजी वायुसेवा बुद्ध एयरले सुर्खेतमा आइएफआर 'इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स' प्रविधि राख्न संघ र प्रदेश सरकारलाई आग्रह गरेको छ।काठमाडौं-सुर्खेत उडानका लागि यो प्रविधि उपयुक्त हुने कम्पनीले जनाएको छ।

Tata
GBIME

यो प्रविधि अनुसार कम्पनीले रातीको उडान पनि गर्नसक्ने कम्पनीका सूचना अधिकारी दीपेन्द्र कर्णले बताए। यो प्रविधिमार्फत उडान गर्दा मौसमी प्रतिकुलताका कारण हुँदै आएको उडान रद्द कम हुने उनले दाबी गरे।  यो प्रविधि जडान हुँदा कम भिजिबिलिटीमा पनि उडान अवतरण गर्न सहज हुने कम्पनीले जनाएको छ।

'मौसम प्रतिकुल रहँदा कतिपय अवस्थामा फ्लाइट डिले हुने गरेको छ,' सूचना अधिकारी कर्णले भने,'नागरिक उड्डयन प्राधिकरणले यसका लागि गृहकार्य सुरु गरिसकेको छ। यसमा सहयोग गरिदिनका लागि संघ र प्रदेश सरकारसँग अनुरोध गरेका हौं।'    

गत पुस १ गतेदेखि एटीआर-७२ सिरिजको जहाजबाट दैनिक एउटा उडान सुरु गरेको कम्पनीले बुधबारबाट दैनिक उडान गर्ने योजना रहेको उनले जानकारी दिए। कम्पनीले यस अघि एटीआर-४२ सिरीजको जहाजमार्फत उडान सेवा दिँदै आएको थियो।