
काठमाडौं। हिमालयन पावर पार्टनरले साधारणसभा डाकेको छ। कम्पनीले सामान्य प्रस्तावहरु मात्र सभामा लैजाँदैछ। सभा अम्रपाली ब्यांक्वेट, भाटभटेनीमा बस्दैछ। सभा पुस २९ गते हुने छ।
कम्पनीले चुक्ता पुँजी र सञ्चित मुनाफाभन्दा बढी ऋण लिएको छ। त्यो ऋण पारित गर्ने जनाएको छ। सभाले सामाजिक उत्तरदायित्व अन्तर्गतको २ लाख १८ हजार रुपैयाँ अनुमोदन गर्दैछ। यस बाहेक सधैं जसोका साधारण एजेण्डा उपर सभाले छलफल गर्ने बताएको छ।
सभामा अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान र लेखापरिक्षक बारे छलफल हुँदैछ। कम्पनीले गत आर्थिक वर्षका लागि कुनै लाभांश प्रस्ताव गरेको छैन।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते एकदिनका लागि बुक क्लोज गर्ने भएको छ।