BIZMANDU
www.bizmandu.com

हिमालयन पावर पार्टनरले साधारण सभा डाक्यो, पुस १३ गते बुक क्लोज, २९ गते एजिएम

२०७९ पुष ४

हिमालयन पावर पार्टनरले साधारण सभा डाक्यो, पुस १३ गते बुक क्लोज, २९ गते एजिएम
हिमालयन पावर पार्टनरले साधारण सभा डाक्यो, पुस १३ गते बुक क्लोज, २९ गते एजिएम

काठमाडौं। हिमालयन पावर पार्टनरले साधारणसभा डाकेको छ। कम्पनीले सामान्य प्रस्तावहरु मात्र सभामा लैजाँदैछ। सभा अम्रपाली ब्यांक्वेट, भाटभटेनीमा बस्दैछ। सभा पुस २९ गते हुने छ।

Tata
GBIME

कम्पनीले चुक्ता पुँजी र सञ्चित मुनाफाभन्दा बढी ऋण लिएको छ। त्यो ऋण पारित गर्ने जनाएको छ। सभाले सामाजिक उत्तरदायित्व अन्तर्गतको २ लाख १८ हजार रुपैयाँ अनुमोदन गर्दैछ। यस बाहेक सधैं जसोका साधारण एजेण्डा उपर सभाले छलफल गर्ने बताएको छ।

सभामा अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान र लेखापरिक्षक बारे छलफल हुँदैछ। कम्पनीले गत आर्थिक वर्षका लागि कुनै लाभांश प्रस्ताव गरेको छैन।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते एकदिनका लागि बुक क्लोज गर्ने भएको छ।