कोरोना बीमा भुक्तानीको दबाबपछि पुनर्बीमा कम्पनीका अध्यक्ष घिमिरेले दिए राजीनामा

बिजमाण्डू
२०७९ मंसिर १२ गते २०:३८ | Nov 28, 2022
कोरोना बीमा भुक्तानीको दबाबपछि पुनर्बीमा कम्पनीका अध्यक्ष घिमिरेले दिए राजीनामा

काठमाडौं। नेपाल बीमा प्राधिकरणको दबाबपछि नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष रविन्द्र घिमिरेले राजीनामा दिएका छन्।

Tata
GBIME

अध्यक्ष घिमिरेले सोमबार अर्थ मन्त्रालयमा राजीनामा बुझाएका हुन्। बिजमाण्डुसँग कुरा गर्दै घिमिरे तिर्न नसकिने भुक्तानीको लागि दबाव आएपछि बाध्य भएर राजीनामा दिएको बताए।

' दायित्व नभएको पैसा तिर्न सकिदैंन। त्यही भएर अनावश्यक कुराको बोझ लिनु भन्दा राजीनामा दिएको हुँ,' अध्यक्ष घिमिरेले भने।

 प्राधिकरणले नेपाल रिलाई कोभिड भुक्तानीको लागि थप १२ प्रतिशत रकम भुक्तानी गर्नु भनेपछि अध्यक्ष घिमिरेले तिर्न नसकिने अडान लिएका थिए। यो २१ करोड रुपैयाँ बराबरको रकम हुन आउँछ।