हेली एभरेष्ट क्षमता विस्तार गर्दै, सिम्रिक एयरसँग किनेर हेलिकोप्टर संख्या तीन पुर्‍यायो

बिजमाण्डू
२०७९ असोज १२ गते १२:३७ | Sep 28, 2022
हेली एभरेष्ट क्षमता विस्तार गर्दै, सिम्रिक एयरसँग किनेर हेलिकोप्टर संख्या तीन पुर्‍यायो

काठमाडौं। हेली एभरेष्टले आफ्नो हेलिकोप्टर संख्या तीनवटा पुर्‍याएको छ। कम्पनीले सिम्रिक एयरको एउटा एयरबसको बी-थ्रीइ सिरिज हेलिकोप्टर खरिद गर्दै संख्या तीनवटा पुर्‍याएको हो।

Tata
GBIME
Nepal Life

कोभिड संक्रमण नियन्त्रणमा आएसँगै आन्तरिक र बाह्य पर्यटकबाट हेली सेवाको मागलाई मध्यनजर गर्दै कम्पनीले हेलिकोप्टर थपेको बजार प्रमुख सिताराम सापकोटाले बताए। तीन वर्षअघि नै हेलिकोप्टर थपेर क्षमता विस्तार योजना बनाएको कम्पनीले कोभिड संक्रमण नियन्त्रणमा आएसँगै प्रक्रिया सुरु गरेको उनले जानकरी दिए।

'हामीले यो हेलिकोप्टरबाट हिजोबाट सेवा सुरु गरेका छौं। आन्तरिक र बाह्य पर्यटकको माग बढ्दो क्रममा छ। नेपालीको पनि धार्मिक तथा पर्यटकीय गन्तव्यमा आउजाउ वृद्धि हुँदै आएको छ। विदेशीसँगै आन्तरिक पर्यटकको मागलाई हेरेर हामीले क्षमता विस्तार गरेका हौं,' प्रमुख सापकोटाले भने।

यो कम्पनीले सिलिङ, साइट सिइङ, रेस्क्यु, फिल्मिङ, माउन्टेन फ्लाइट लगायतको सेवा दिँदै आएको छ। हेलिकोप्टर खरिदका लागि कम्पनीले सिम्रिकसँग दुई महिना अगाडि नै सम्झौता गरेर प्रक्रिया सुरु गरेको थियो।