हिमाल दोलखा हाइड्रोपावरले हकप्रद जारी गर्ने, लक्ष्मी क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

बिजमाण्डू
२०७९ असोज १० गते १६:४७ | Sep 26, 2022
हिमाल दोलखा हाइड्रोपावरले हकप्रद जारी गर्ने, लक्ष्मी क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

काठमाडौं। हिमाल दोलखा हाइड्रोपावर कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले १ बराबर ०.७५ अनुपातमा हकप्रद जारी गर्ने भएको हो।

Tata
GBIME

आइतबार कम्पनीले लक्ष्मी क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्दै हकप्रद सेयर जारी गर्ने जनाएको छ। कम्पनीले हकप्रद सेयर अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँका दरले १ करोड २० लाख कित्ता बिक्री गर्ने छ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६० करोडको रहेको छ। हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड पुग्ने छ।

हकप्रद सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त गर्दै हाइड्रोपावरको तर्फबाट अध्यक्ष रन्जना दाहाल र बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।