काठमाडौं। गण्डकी प्रदेशस्तरीय अन्तर बैंक फुटसल प्रतियोगिता-२०७९ को तेस्रो संस्करण पोखरामा सम्पन्न भएको छ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिद्वारा आयोजित फुटसल प्रतियोगितामा गण्डकी प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाका कर्मचारी सहभागी थिए।
पुरुष तर्फ ३८ समूह र महिला तर्फ ११ समूह गरी कुल ४९ समूहको सहभागिता रहेको थियो।
पोखराको गणेश टोलस्थित स्पोर्टस् क्यासलको फुटसल मैदानमा आयोजित अन्तर बैंक फुटसल प्रतियोगिता असोज ७ र ८ गते गरि २ दिनसम्म चलेको थियो। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र प्रतियोगिताको प्रमुख अतिथि थिए।
प्रतियोगितामा डेपुटी गभर्नरको नेतृत्वमा नेपाल राष्ट्र बैंक र बैंकर्सबिच मैत्रिपूर्ण खेल समेत संचालन भएको थियो। प्रतियोगिताको फाईनल खेलमा पुरुष समूह तर्फ नबिल बैंक लिमिटेडले सिद्धार्थ बैंक लिमिटेडलाई ट्राईबेकरमा हराउँदै तेस्रो अन्तरबैंक फुटसल प्रतियोगिताको विजेता बनेको छ।
लक्ष्मी बैंक लिमिटेडले फाईनल खेलमा मेगा बैंक लिमिटेडलाई १-० गोलले हराउदै प्रतियोगितको महिला समूह तर्फ विजेता बन्न सफल भएको छ।
प्रतियोगिताको पूरुषतर्फ सिद्धार्थ बैंकका अमित लम्साल, नबिल बैंकका फडेन्द्र जङ गुरुङ र अमित पौडेलले क्रमशः उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता हुन सफल भएका छन् भने महिला समूहतर्फ लक्ष्मी बैंककी स्वेच्छा श्रेष्ठ, मेगा बैंककी तृष्णा प्रधान र पोखरा फाईनान्सकी स्मृति आले मगरले क्रमशः उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता हुन सफल भएका छन्।
प्रतियोगितको पुरस्कार वितरण समारोहमा गण्डकी प्रदेशखेलकुद परिषद् सदस्य सचिव तेज बहादर गुरुङ, नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. रामशरण खरेल, नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिना, केन्द्रीय सचिव कृष्ण प्रसाद खराल, सचिवालय सदस्य तुल्सीराम बाँनिया, केन्द्रीय सदस्य रमेस खतिवडा, नेपाल राष्ट्र बैंक पोखराका उप निर्देशक पुष्कर सुर्खाली, उप निर्देशक प्रतिभा अधिकारी, बैंकर्स एसोसियसन गण्डकी प्रदेश कमिटिका संयोजक समिर केसी, डेपलपमेण्ट बैंकर्स एशोसियसन गण्डकी च्याप्टरका संयोजक शंकर केसीको उपस्थिति रहेको थियो।
उक्त पुरस्कार वितरण समारोहको अध्यक्षता नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिका अध्यक्ष अर्जुनराज तिवारीले गर्नुभएको थियो भने संचालन सचिव जितेन्द्रराज शाक्यले गरेका थिए।