दाउन्ने एग्रो फार्मले एकै वर्ष गर्‍यो ५० करोडको कारोबार, क्षमता ४ लाख कुखुरा पुर्‍याउँदै

बिजमाण्डू
२०७९ असोज ७ गते १५:३८ | Sep 23, 2022
दाउन्ने एग्रो फार्मले एकै वर्ष गर्‍यो ५० करोडको कारोबार, क्षमता ४ लाख कुखुरा पुर्‍याउँदै


काठमाडौं। लेयर खुकुरा र अण्डा उत्पादन गर्ने दाउन्ने एग्रो फार्म प्रालिले २०२१/२२ मा ५० करोड रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ। दाउन्ने एग्रो फार्म देशमा व्यवसायिक अण्डा उत्पादन गर्नेमध्येको ठूलो उद्योग हो।

Tata
GBIME
Nepal Life

कुखुराको दाना उत्पादन गर्ने देशकै ठूलो किसान दाना उद्योगको सहायक कम्पनी दाउन्नेले पोल्ट्री फार्म र त्यसको क्षमता विस्तारको काम गरिरहेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ। २०२१ मा कम्पनीले ५४ करोड ६० लाख र २०२० मा आठ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो।

विस्तारसँगै दुई लाख रहेको लेयर कुखुरा क्षमता बढेर ४ लाख पुग्ने छ। २०२२ को अन्तिमसम्म विस्तारको काम सकिने कम्पनीले जनाएको छ। २०२१/२२ मा कम्पनीको बिक्री भने ९ प्रतिशतले घटेको छ। कम उत्पादन र रानीखेत नामक रोगका कारण दुईवटा ब्याचका लेयर कुखुरको मृत्युदर बढेकाले बिक्री घटेको छ।

कम्पनीमा ३८ वटा संस्था तथा व्यक्तिहरुको लगानी छ। किसान दाना उद्योगको २७ प्रतिशत सेयर हिस्सा दाउन्नेमा छ। कम्पनीको अध्यक्ष रघुनाथ भट्ट छन् भने प्रबन्ध निर्देशक बिनोद पोखरेल छन्। 

इक्रा नेपालले ९८ करोड २६ लाख रुपैयाँको बैंकिङ कर्जाका लागि दाउन्नेको रेटिङ पुन:पुष्टि गरेको छ। ७५ करोड ७३ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि इक्रा नेपालले एनपी एल डबल बी माइनस र २२ करोड ५३ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ पुन:पुष्टि गरेको छ।  

यो पनि पढ्नुहोस्

देशकै ठूलो कुखुरा दाना उत्पादक 'किसान दाना उद्योग' को कारोबार २ अर्ब नजिक, दैनिक ३ लाख अण्डा संकलन