‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ अफरको दोस्रो हप्ताका विजेता सार्वजनिक

बिजमाण्डू
२०७९ भदौ ३१ गते ११:४१ | Sep 16, 2022

काठमाडौं। चाडपर्वहरूका अवसरमा आइएमईले ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक अफर अन्तर्गत दोस्रो हप्ताका विजेता सार्वजनिक गरेको छ।

Tata
GBIME

बिहीबार काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभमार्फत नतिजा सार्वजनिक गरिएको हो।

नतिजा अनुसार सेवाग्राहीहरू अस्तबहादुर महर्जन र कृष्णबहादुर बस्नेत साप्ताहिक विजेता छनोट भएका छन्। उनीहरु जनही २५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

सेवाग्राहीहरू ममता गुरुङ, कमला बुढाथोकी, सरिता लामा, रामसुन्दर कुशवाहा महतो, लक्ष्मी जीसी, आयुष तामाङ र विदुर तामाङ मोक्तान दैनिक विजेता छनोट भएका छन्। 

उनीहरुले प्रत्येकले एक/एक सामसङ मोबाइल सेट उपहारस्वरूप प्राप्त गरेका छन्।