
काठमाडौं। एनआइसी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धि विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो केवाइसी सेवा सुरु गरेको छ।
बैंकमा अनलाइन खाता खोल्न स्वदेश वा विदेशमा रहेका ग्राहकले भिडियो कलका माध्यमबाट ग्राहक पहिचान सम्बन्धि विवरण सहज रुपमा दिन सकिने विज्ञप्तिमा उल्लेख छ।
बैंकको वेबसाइटमार्फत अनलाइनबाट खाता खोल्दा ग्राहकलाई दुई विकल्प राखिएको जनाउँदै ग्राहकले पायक पर्ने शाखा वा भिडियो कलमार्फत केवाइसी अद्यावधिक गर्न सकिने बताइएको छ। कार्यालय समयमा भिडियो केवाइसीका लागि एपोइन्टमेन्ट बुक गरेर अद्यावधिक गर्न सकिने बैकले जनाएको छ।
बैंकका अनुसार ग्राहकले भिडियो केवाइसीका लागि पहिचान खुल्ने नागरिकता/पासपोर्ट/ड्राइभिङ लाइसेन्स/भोटर कार्ड, सेतो कागज तथा कालोनिलो मसी भएको पेन आफूसँग राखेर कर्मचारीले माग गरे अनुसार विवरण तथा कागजात देखाउनुपर्नेछ। भिडियो केवाइसीमार्फत अद्यावधिक गरेपछि आफ्नो बैंक खाता पूर्ण रुपमा संचालन गर्न सक्ने बैंकले जनाएको छ।