नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई पितृशोक, उनको बुबाको ८० वर्षको उमेरमा निधन

बिजमाण्डू
२०७९ साउन २१ गते ०७:५३ | Aug 6, 2022
नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई पितृशोक, उनको बुबाको ८० वर्षको उमेरमा निधन

काठमाडौं। नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई पितृशोक परेको छ। उनका बुबा मधुसुदन पौडेलको चावहिलको मेडिकेयर अस्पतालमा उपचारको क्रममा निधन भएको छ।

Tata
GBIME
Nepal Life

८० वर्षका पौडेलको फोक्सोमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।

पौडेलको पशुपति आर्यघाटमा अन्त्येस्टी गरिँदैछ।

 उनका तीन छोरा र दुई छोरी छन्। पौडेल सुरुमा सोल्टी होटलमा र त्यसपछि नेपाल रेडक्रस सोसाइटीमा कार्यरत थिए।