अघिल्लो दिनका तुलनामा २ सय बढ्दा मंगलबार प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। साताको पहिलो दिनका तुलनामा बुधबार ५ सय रुपैयाँ घटेको हो।
१२ सय २० रुपैयाँ प्रतितोलामा सोमबार र मंगलबार स्थिर रहेको चाँदीको मूल्य बुधबार भने घटेको छ। १० रुपैयाँ घटेर प्रतितोला १२ सय १० रुपैयाँ भएको हो।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार १७६०.७२ डलर रहेको सुन बुधबार बढेर १७६९.४६ डलरमा कारोबार भइरहेको छ। चाँदी भने २०.१४ डलरबाट घटेर प्रतिऔंस २०.०१ डलरमा कारोबार भइरहेको छ।