बुक बिल्डिङबाट सेयरको मूल्य निर्धारणका लागि थप तीन कम्पनीले पाए क्यूआईआईको स्वीकृति

बिजमाण्डू
२०७९ असार १९ गते १७:२७ | Jul 3, 2022
बुक बिल्डिङबाट सेयरको मूल्य निर्धारणका लागि थप तीन कम्पनीले पाए क्यूआईआईको स्वीकृति

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप तीनओटा कम्पनीलाई योग्य संस्थागत लगानीकर्ता (क्युआईआई) का रुपमा काम गर्न स्वीकृति दिएको छ।

Tata
GBIME

बोर्डले गत शुक्रबार थप तीनओटा संस्थालाई क्युआइआइको रुपमा काम गर्न स्वीकृति दिएको जानकारी दिएको छ। 

स्वीकृति पाउने कम्पनीमा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एनएमबी सरल बचत फन्डलाई स्वीकृती प्रदान गरेको हो । 

क्युआईआईको स्वीकृति पाएका कम्पनीहरुले बुक बिल्डिङ विधिबाट जारी हुने सेयरको प्राथमिक निष्काशनका लागि मूल्य निर्धारण प्रक्रियामा भाग लिन तथा सेयर कारोबार गर्न पाउनेछन्।

यसअघि असार १३ गते बोर्डले गौरव नेपाल इन्भेष्टमेन्ट प्रालि, नबिल ब्यालेन्स्ड फन्ड–३, पशुपति भेन्चर क्यापिटल प्रालि, समृद्धि फाइनान्स कम्पनी, कामना सेवा विकास बैंक र सिद्धार्थ व्यवस्थित लगानी योजनालाई क्युआईआईका रुपमा काम गर्न स्वीकृति दिएको हो । 

यी तीन कम्पनी थपिएसँगै योग्य संस्थागत लगानीकर्ताको कुल संख्या १०९ पुगेको बोर्डका सहायक प्रवक्ता रुपेश केसीले बताए।