सेयर बजारमा फराकिलो अंकको फड्को, साढे दुई अर्ब रुपैयाँको कारोबार, किन बढिरहेको छ बजार ?

बिजमाण्डू
२०७९ असार १९ गते १६:१५ | Jul 3, 2022
सेयर बजारमा फराकिलो अंकको फड्को, साढे दुई अर्ब रुपैयाँको कारोबार, किन बढिरहेको छ बजार ?


काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार नेप्से फराकिलो अंकले फड्को मारेको छ। बजारले गत बुधबार र बिहीबारको गतिलाई पछ्याउँदै दोहोरो अंकले बढेर बन्द भएको हो। 

Tata
GBIME
Nepal Life

चालु आर्थिक वर्ष सकिनै लाग्दा मौद्रिक नीतिको पर्खाइमा रहेका खरिदकर्ता बजारमा होमिएका हुन्। यसका अलावा कम्पनीहरुले चालु आर्थिक वर्षको चौथो त्रैमासिकमा वित्तीय विवरण आउने आशामा खरिदकर्ता होमिएका हुन्। आइतबार दिनभरको कारोबार अवधिमा बजारमा सामान्य उतारचढाव देखिएपनि बिक्रेताको चाप अत्याधिक बढेको छ। 

आइतबार सर्वाधिक खरिदकर्ता बजार उपसमुहमा प्रवेश गरेका छन्। जसकारण सो उपसमुह ९ प्रतिशत भन्दा धेरैले बढेको छ। यस उपसमुह भित्रका दुबैवटा कम्पनी बढेको छ। यस बाहेक बाँकी रहेका उपसमुह मध्ये म्युचुअल फन्ड बाहेक ११ उपसमुह १ देखि ५ प्रतिशत सम्म बढेका छन्। सेयर बजार प्रति नेपाल राष्ट्र बैंक सकारात्मक हुनुका साथै आर्थिक वर्ष सकिनै लाग्दा बजारमा लगानीकर्ता उत्साहित बनेका छन्। 

आइतबारको कारोबारमा लगानीकर्ताको उत्साहसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। गत शुक्रबार बजार घटेसँगै कारोबार रकम पनि घटेर डेढ अर्बमा आएको थियो। आइतबार भने बजार बढेसँगै कारोबार रकम पनि बढेको छ। आइतबार कारोबारमा आएका २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४८ करोड बढीको कारोबार भएको छ। 

कारोबारमा आएका कम्पनी मध्ये आधा दर्जन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै तीन कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा धेरै कमाएका छन्।  आइतबार कारोबार भएका मध्ये १७६ कम्पनीको सेयर मूल्य सकारात्मक देखिएको छ। कारोबारका आधारमा ङादी ग्रुप पावर अग्रस्थानमा छ। कम्पनीको २२ करोड बढीको कारोबार भएको हो। जारी पुँजीको कम्पनीले १५० प्रतिशत हकप्रद जारी गर्दै छ।

हकप्रदका लागि आइतबार बुक क्लोजको अघिल्लो दिन भएकाले यस कम्पनीको कारोबार उच्च भएको हो। कारोबारका आधारमा अग्र स्थानमा भएपछि कम्पनीको सेयर मूल्य घटेको छ। कम्पनीको सेयर खरिद गरेर प्रबेश गर्ने भन्दा पनि बिक्री गरेर उम्किन खोज्ने बढी देखिएका छन्। आइतबार कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेको हो। 

यस्तै हिमालयन डिस्टिलरीको पनि सर्वाधिक कारोबार भएको छ। सेयर बजारमा निकै नै प्रभावशाली साथै ब्लूचिप मानिने सो कम्पनीको  कारोबार ८ करोड ८१ लाख बराबरको कारोबार भएको हो।