काठमाडौं उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा, ठूलो भर्‍याङ, थली र बुढानिलकण्ठमा शाखा

बिजमाण्डू
२०७९ असार १९ गते १५:१० | Jul 3, 2022
काठमाडौं उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा, ठूलो भर्‍याङ, थली र बुढानिलकण्ठमा शाखा

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंका तीन ठाउँमा थप तीन शाखा खोलेकोछ । बैंकले ठूलो भर्‍याङ, थली र बुढानिलकण्ठमा शाखा खोलेको हो।

Tata
GBIME
Nepal Life

काठमाडौं उपत्यकाभित्र बैंकको शाखा संख्या ३२ पुगेको छ। देशभरीको सञ्जाल १७७ पुगेको छ। 

सुविधा सम्पन्न शाखाहरु मार्फत ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ। 

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटोछरितो ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

साथै ग्राहकको वित्तीय आवश्यकताहरु सरल र सहज तवरले प्रवाह होस् भन्ने अभिप्रायका साथ बैंकले हालसालै काठमाडौंं नारायण गोपाल चोक, नवलपरासीको अमरापुरी, रुपन्देहीको बाँसगढी र हुम्लाको सिमकोट गरी ४ वटा शाखा स्थानान्तरण गर्ने कार्य समेत सम्पन्न गरिसकेको छ।