जीवन विकास लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत, ४२ लाख ५८ हजार कित्ता अब दोस्रो बजारमा 

बिजमाण्डू
२०७९ असार १७ गते १५:२४ | Jul 1, 2022

काठमाडौं। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा शुक्रबार बोनस सेयर सूचीकृत भएको हो। 

Tata
GBIME
Nepal Life

संस्थाको गत चैत २५ मा सम्पन्न तेस्रो वार्षिक साधारण सभाले सेयरधनीहरुलाई चुक्ता पुँजी ६० करोड ८४ लाखको ७० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो। वितरित ४२ लाख ५८ हजार ८०० कित्ता बोनस सेयर सूचीकृत भएको हो।

बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ पुग्ने छ। सूचीकृत बोनस सेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि दास्रो बजारमा कारोबार गर्न मिल्ने छ। 

बोनस सेयरसहित हाल कम्पनीको सूचीकृत सेयर संख्या १ करोड ३ लाख ४२ हजार ८०० कित्ता छ । बुधबारको मूल्यलाई आधार मान्दा दोस्रो बजारमा यो कम्पनीको सेयर कारोबार प्रति कित्ता २ हजार ८ सय ९४ रुपैयाँमा भइरहेको छ।