महिन्द्राको नयाँ स्कोर्पियो एन आज एकैदिन नेपाल र भारतमा सार्वजनिक हुँदै, यस्तो छ विशेषता




काठमाडौं। महिन्द्रा एण्ड महिन्द्रा र अग्नी ग्रुपले महिन्द्राको नयाँ स्कोर्पियो एन नेपाल र भारतमा सोमबार एकैदिन सार्वजनिक गर्ने भएको छ। कम्पनीका अनुसार नयाँ बहुप्रतिक्षित एसयूभी महिन्द्रा स्कोर्पियो एन नयाँ बडी-अन-फ्रेम प्लेटफर्ममा निर्मित छ। यो पेट्रोल र डिजेल इन्जिन दुवै विकल्पहरूमा उपलब्ध हुनेछ।



स्कर्पियो महिन्द्राका लागि एउटा ल्यान्डमार्क मोडेल हो। जुन भारतीय अटोमोबाइल उद्योगमा एउटा प्रतिष्ठित ब्रान्ड बन्न सफल र नेपाली बजारमा पनि लोकप्रिय बन्दै गएको छ। महिन्द्रा स्कर्पियो एनले पनि एक अविस्मरणीय डिजाइन, रोमाञ्चक प्रदर्शन र उच्च प्रविधिको साथ महिन्द्रा विरासतलाई अगाडि बढाउने अपेक्षा गरिएको छ।

यो गाडी आधुनिक सुविधाहरू र प्रविधिले सुसज्जित हुनेछ। यसमा क्रोम भर्टिकल स्ल्याट्ससहितको स्लेट गरिएको नयाँ ग्रिल, क्रमिक टर्न इन्डिकेटरसहितको डुअल प्रोजेक्टर हेडल्याम्प, नयाँ बम्पर र दुवै छेउमा नयाँ सी आकारको एलईडी डीआरएलहरू रहेका छन्।

यस्तै पछाडिको भाग भोल्भो जस्तो सिग्नेचर एलईडी टेललाइटहरूद्वारा हाइलाइट गरिएको छ। नयाँ कारमा सनरुफ, मल्टि फक्शन स्टेयरिङ ह्वील, डुअल जोन क्लाइमेट कन्ट्रोल र छालाको अपहोल्स्ट्री रहेका छन्।

नयाँ स्कर्पिओमा भोल्युम, क्लाइमेट कन्ट्रोल र अन्य फंङसनको लागि फिजिकल बटन उपलब्ध हुनेछ। एसयूभीमा क्रुज कन्ट्रोल र माउन्टेड कन्ट्रोल जस्ता अन्य फिचरको साथ अपडेट गरिएको फ्ल्याट-बटम स्टेयरिङ ह्विल हुनेछ।

स्कोर्पियो-एन एसयूभीको इन्टेरियरमा नयाँ अपहोल्स्ट्री, ड्युअल टोन थिम, ३६० डिग्री क्यामेरा, ड्युअल जोन क्लाइमेट कन्ट्रोल र कनेक्टेड कार टेक्नोलोजी जस्ता फिचर हुने अपेक्षा गरिएको छ।

स्कोर्पियो-एनको क्याबिनमा दोस्रो पंक्तिको सिट व्यवस्था छ, जसमा क्याप्टेन सिट आर्मरेष्टसहित उपलब्ध छ। यसमा ठुलो क्याबिन स्पेस उपलब्ध हुनेछ। महिन्द्रा स्कोर्पियो एन २.० लिटर पेट्रोल र २.२ लिटर डिजेल इन्जिनमा आउने छ।

यसको मूल्य भने तोकिएको छैन।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell