संसदमा अर्थमन्त्री शर्माको जवाफ: करको दर छलफल गरेरै निर्धारण भएको हो, राष्ट्रघात गरेको छैन

बिजमाण्डू
२०७९ असार २ गते १४:१२ | Jun 16, 2022
संसदमा अर्थमन्त्री शर्माको जवाफ:  करको दर छलफल गरेरै निर्धारण भएको हो, राष्ट्रघात गरेको छैन

काठमाडौं। प्रतिनिधि सभामा अर्थमन्त्री जनार्दन शर्माले आफूले राष्ट्रघात नगरेको बताएका छन्। बिहीबार प्रतिनिधि सभामा सांसदहरुले उठाएको मन्त्रालयसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले करको दर छलफल गरेरै निर्धारण गरेको बताएका हुन्।

Tata
GBIME
Nepal Life

'राजस्वको दरहरु परिवर्तन गर्ने सन्दर्भमा आवश्यक प्रकृयाहरु छन् त्यसमा सम्बन्धित विभागिय प्रमुखहरु र सचिवहरु सहितको कमिटीले त्यसलाई बसेर गर्ने प्रचलन रहेको छ। त्यसअनुसार भएका दररेटहरु प्रति म पूर्ण जिम्मेवार छु जवाफदेही छु। त्यसमा कतै राष्ट्रघात भएको छ या कतै गद्दार भएको छ भने त्यसको सम्पूर्ण जिम्मेवारी लिन म तयार छु यहाँ कुनै राष्ट्रघात भएको छैन,' उनले भने।

नेकपा एमालेको अवरोधबीच अर्थमन्त्री शर्माले जवाफ दिएका थिए। शर्मा बोल्दै गर्दा एमाले सांसदहरु भने उठिरहेका थिए।

अर्थमन्त्री शर्माले बजेट निर्माण प्रक्रियामा असम्बन्धित व्यक्तिलाई संलग्न गराएको भन्दै एमालेले विरोध जनाएको थियो। उनीहरुले शर्मासँग जवाफ माग्दै संसद बैठक अवरुद्ध समेत गरेका थिए।