अन्तर्राष्ट्रिय उडानमा ब्राण्ड नाम फेर्दै टर्किस एयरलाइन्स, ‘टर्किये हाभा योल्लारी’ ले चिनिने

बिजमाण्डू
२०७९ असार २ गते १०:०५ | Jun 16, 2022
अन्तर्राष्ट्रिय उडानमा ब्राण्ड नाम फेर्दै टर्किस एयरलाइन्स, ‘टर्किये हाभा योल्लारी’ ले चिनिने

काठमाडौं। टर्कीको ध्वजावाहक वायुसेवा कम्पनी टर्कीस एयरलाइन्सले आफ्नो ब्राण्ड नाम फेर्ने भएको छ। कम्पनीले टर्कीको स्थानिय भाषाको प्रयोगमा 'टर्किये हाभा योल्लारी' लाई नयाँ ब्राण्ड नेम कायम गर्ने योजना बनाएको हो।

Tata
GBIME

टर्कीका राष्ट्रपति रेचेप तायिप एर्डोगनले विश्वभर आफ्नो मुलुकलाई स्थानिय भाषामा परिचित गराउने उद्धेश्यले रि-ब्राण्ड गर्न लागिएको बताएका छन्।

सन् १९३३ बाट सेवा सुरु गरेको कम्पनीले आफ्नो आन्तरिक तर्फको उडानमा भने स्थानिय नाम नै दिँदै आएको छ।

'हामीले एउटा नयाँ कदम सुरु गरेका छौँ। अब अन्तर्राष्ट्रिय बजारमा उडान गर्ने हाम्रा जहाजको मुख्य भागमा नयाँ नाम प्रस्तुत गरिनेछ।' राष्ट्रपति रेचेप तायिप एर्डोगनले भने।

यो ध्वजावाहक कम्पनीमा ४९ प्रतिशत स्वामित्व टर्किस सरकारको र ५१ प्रतिशत स्वामित्व सार्वजनिक रहेको छ। कम्पनीले तीन सयवटा जहाजमा पुनः रङरोगन गर्ने योजना रहेको जनाएको छ।

हाल यो कम्पनीले एयरबस ३२१, एयरबस ए३३०, बोइङ ७३७, बोइङ ७७७ लगायत सिरीजको तीन सय १८ थान जहाजमाफत विभीन्न गन्तब्यमा व्यावसायिक उडान गर्दै आएको छ।