अर्थमन्त्रीसँग पर्यटनमन्त्रीको गुनासो : ‘स्थानीय तहसँगको साझेदारी कार्यक्रमहरु पनि कटौती भए’

२०७९ असार १ गते १५:५२
अर्थमन्त्रीसँग पर्यटनमन्त्रीको गुनासो : ‘स्थानीय तहसँगको साझेदारी कार्यक्रमहरु पनि कटौती भए’


काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्ब बजेट कटौती गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मासँग गुनासो गरेका छन्।

TATA
GBIME

बुधवार विनियोजन बजेटमाथि सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री आलेले पटक-पटक आग्रह गर्दापनि अर्थमन्त्री शर्माले सो बजेट कटौति गरिदिँदा कतिपय स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रम पनि कटौती गर्नुपर्दा आफूलाई अति दुःख लागेको प्रतिक्रिया समेत दिए।

उनले बजेटको आकार भने ९ दशमलव ८ प्रतिशत बढ्ने तर आफ्नो मन्त्रालयको बजेट भने ठूलो मात्रामा कटौती भएकै कारण पर्यटक भित्र्याउने कतिपय कार्यक्रमहरुलाई निरन्तरता दिन नसकिएको स्पष्ट पारे। 

उनले भने, ‘बजेट गत वर्षको भन्दा ९ दशमलव ८ प्रतिशत वृद्धि भएको छ। तर, मैले यो रोष्टममा उभिएर भनिरहँदा मेरो मन्त्रालय मात्र साढे १० अर्ब बजेट कटौती भएको अवस्था छ। मैले पटक-पटक अर्थमन्त्रीजीलाई बजेट कटौती गरिदिनु भएन भन्दाखेरी कतिपय हामीले स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रमहरु पनि कटौती भएका छन्। मैले भन्नैपर्छ दुःखका साथ। त्यसो भएको हुनाले तपाईहरुले मलाई राखेको जिज्ञासालाई मैले सहज रुपमा लिएको छु।’

मन्त्री आलेले ६ महिना भित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरिसक्ने पनि बताए।


Sunrise Bank