एक लाख ४० हजार रुपैयाँसम्मले बढ्यो क्रसफायर बाइकको मूल्य, करपछिको नयाँ मूल्य सार्वजनिक

बिजमाण्डू
२०७९ जेठ ३१ गते ०९:३८ | Jun 14, 2022
एक लाख ४० हजार रुपैयाँसम्मले बढ्यो क्रसफायर बाइकको मूल्य, करपछिको नयाँ मूल्य सार्वजनिक

काठमाडौं। नेपाली बजारमा स्पोर्टस् पारखी माझ लोकप्रिय बाइक क्रसफयरको मूल्य १ लाख ५० हजार रुपैयाँसम्मले बढेको छ।

Tata
GBIME
Nepal Life

सरकारले बजेट मार्फत २०० सीसीभन्दा माथिको मोटरसाइकलमा भारी दरमा भन्सार बढाएपछि लोकप्रिय मोटरसाइकल ब्रान्ड क्रसफायरको मूल्य एक लाख ४० हजार रुपैयाँसम्म बढेको कम्पनीले जनाएको छ।

सोमबार क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी क्लासीक ह्वील एक्सपोर्ट एण्ड इम्पोर्टले आफ्नो आधिकारिक फेसबुक पेजमा बढेको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ।

कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्य अनुसार मोटरसाइकलको मूल्य १ लाख ४० हजार रुपैयाँसम्मले वृद्धि भएको हो। यसको प्राय: सबै बाइकहरु २५० सीसीभन्दा माथिका छन्। यसमा सरकारले २००-२५० सीसीसम्मका मोटरसाइकलमा २० प्रतिशतले अन्तःशुल्क र १० प्रतिशतले भन्सार वृद्धि गरेको छ। यस भन्दा अघि ३० प्रतिशत भन्सार शुल्क तोकिएकोमा अब ४० प्रतिशत लाग्ने भएको छ। यसअघि यो रेन्जमा ६० प्रतिशत अन्तःशुल्क रहेको थियो।

कम्पनीले विक्री गर्ने ३ मोडलका मोटरसाइकलहरु क्रसफायर आरएम २५० मा एक लाख ४० हजार बढेर नयाँ मूल्य ८ लाख ८८ हजार रुपैयाँ कायम भएको छ। यस्तै एचजे २५० को एक लाख बढेर नयाँ मूल्य ७ लाख ७० हजार रुपैयाँ र ट्रेकर २५० को ३५ हजार बढेर नयाँ मूल्य ४ लाख १० हजार रुपैयाँ तोकिएको छ।

यी ३ ओटै बाइकमा सरकारले बजेट मार्फत बढाएको भन्सार दरले असर गरेको छ।