जानकी फाइनान्सको २१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापक सेयरधनीले मात्र किन्न पाउने

बिजमाण्डू
२०७९ जेठ २७ गते १४:०५ | Jun 10, 2022
जानकी फाइनान्सको २१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापक सेयरधनीले मात्र किन्न पाउने

काठमाडौं। जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ। कम्पनीले संस्थापक सेयरधनी मनोजकुमार सिंहको नाममा रहेको २१ हजार २६४ कित्ता सेयर बिक्री गर्ने भएको हो।

Tata
GBIME

बिक्री खुलाइएको सो सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन्।

तसर्थ सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिन भित्र यस फाइनान्सको कम्पनी सचिवको कार्यालयमा पुग्नेगरी आवेदन दिन सक्नेछन्। 

३५ दिनभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरे उक्त सेयर जो कोही व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने छ।