आइएमई पे र फुडमाण्डूबीच सम्झौता, ३ अर्डरको भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइने

बिजमाण्डू
२०७९ जेठ २४ गते १६:५१ | Jun 7, 2022
आइएमई पे र फुडमाण्डूबीच सम्झौता, ३ अर्डरको भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइने


काठमाडौं। आइएमई पे र फुडमान्डूले सम्झौता गर्दै जेठ २३ गतेदेखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेका छन्। 

Tata
GBIME
NLIC

‘३ को कमाल, क्यासब्याकले धमाल’ नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत फुडमान्डू एपमा ३ अर्डरको भुक्तानी गरे पछि १५% क्यासब्याक पाउने आइएमई पेले जनाएको छ। 

यो क्यासब्याकको सीमा अधिकतम पाँच सय रुपैयाँसम्म मात्रै हुने कम्पनीले जनाएको छ। 

अफरको नियम स्वरुप फुडमान्डू एपबाट ३ अर्डर गरेपछि तीनवटा बिलको कुल रकममा १५% क्यासब्याक पाइने आइएमई पेले जनाएको छ।