आइतबार बिदा दिने निर्णयमा एक महिना पनि टिकेन सरकार, लियो फिर्ता, किन पछि हट्यो?

बिजमाण्डू
२०७९ जेठ २३ गते १९:१३ | Jun 6, 2022
आइतबार बिदा दिने निर्णयमा एक महिना पनि टिकेन सरकार, लियो फिर्ता, किन पछि हट्यो?

काठमाडौं : सरकारले आइतवार पनि सार्वजनिक बिदा दिने गरेको निर्णय फिर्ता लिएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गर्ने निर्णय गरेको हो।

Tata
GBIME

सरकारले यही जेठ १ गतेदेखि शनिवारसँगै आइतवार पनि बिदा दिने निर्णय गरेको थियो।

दुई दिन सार्वजनिक बिदा तत्कालका लागि परीक्षणका रुपमा लागू गरिएको थियो। तर, दुई दिन बिदा व्यवहारिक नभएको भन्दै फिर्ता लिनुपर्ने दबाब बढिरहेको थियो। यसबिच, आज सर्वोच्च अदालतमा दुई दिन बिदा दिने निर्णय खारेज हुनुपर्ने माग सहित रिट परेको थियो।

सरकारको निर्णयसँगै अब असारबाट आइतवार सार्वजनिक बिदा नहुने भएको छ।