
काठमाडौं। मन्दाकिनी हाइड्रोपावर लिमिटेडले असार १ गतेबाट सेयर जारी गर्ने भएको छ। कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २, ३, ४ र ६ का बासिन्दालाई सेयर जारी गर्न लागेको हो।
कम्पनीको जारी पुँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँ छ। यसको १० प्रतिशत स्थानीयलाई सेयर दिन लागेको हो।
स्थानीयले कुल ५ लाख ८८ हजार ३७ कित्ता सेयर पाउने छन्। कम्पनीको सेयरमा कम्तिमा १० र बढिमा एक लाख कित्तासम्म आवेदन दिन सकिन्छ।
कम्पनीले निर्माण गरिरहेको परियोजनाको प्रति मेगावाट लागत २० करोड ७७ लाख ५३ हजार रुपैयाँ अनुमान गरिएको छ। कुल लागत ८३ करोड १० लाख रुपैयाँ अनुमान गरिएको छ।