प्रुडेन्सियल छाडेका वीरकृष्ण महर्जन नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत नियुक्त

बिजमाण्डू
२०७९ जेठ १८ गते १४:०२ | Jun 1, 2022
प्रुडेन्सियल छाडेका वीरकृष्ण महर्जन नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा वीरकृष्ण महर्जन नियुक्त भएका छन्। प्रुडेन्सियल इन्स्योरेन्स छाडेर आएका उनी यसअघि नायब प्रमुख अधिकृतमा नेपाल इन्स्योरेन्स प्रवेश गरेका हुन्। 

Tata
GBIME

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई बुधबारदेखि लागु हुने गरी नियुक्त गरेको हो। उनी ४ वर्षका लागि करार सेवामा नियुक्त भएका हुन्। यसअघि उनी नायब प्रमुख अधिकृतमा नियुक्त भएका थिए। 

६ महिने कुलिङ पिरियड सकिएपछि उनाई नेपाल इन्स्योरेन्सले कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनाएको हो। यसअघि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा उनी प्रमुख कार्यकारी अधिकृत थिए।

नेपाल इन्स्योरेन्स कम्पनीलमा ११ महिनादेखि प्रमुख कार्यकारी अधिकृतको पद खाली थियो। अघिल्लो व्यवस्थापकी नेतृत्वसँग सञ्चालक समिति सन्तुष्ट थिएन। त्यसैले कम्पनीको कारोबार बढाउन महर्जनलाई ल्याइएको हो।